काठमाण्डु - प्रधानमन्त्री बालेन शाह र नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूबीचको सामूहिक भेटवार्ता सकिएको छ । भेटवार्ता बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको…