काठमाण्डु - स्वास्थ्य मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् । चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरूप प्रदान गरेको थियो ।