काठमाण्डु – आगामी असोज १ गतेदेखि काठमाण्डु उपत्यकामा विद्यालय खुल्ने भएका छन् । कोरोना महामारीका कारण गत चैतदेखि बन्द भएका विद्यालयहरू जनस्वास्थ्यका प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् । आज दिउँसो उपत्यकाका तीन वटै जिल्लाका सिडिओ र उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि…