भरतपुर महानगरको मेयरमा नेमकिपाका दुलालले सुरुमै गरे मनोनयन दर्ता

चितवन- भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । उनले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्…