काठमाण्डु – सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध दायर भएको रिटमा मिसिल झिकाउन आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा तीन दिनभित्र मिसिल झिकाउन आदेश दिएको हो । साथै इजलासले हितेन्द्रदेव शाक्यलाई विद्युत विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश…