काठमाण्डु - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला फैलिएपछि उडान प्रभावित भएको छ । विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएपछि उडान प्रभावित बनेको हो । त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै आन्तरिक उडानतर्फ रहेका सबै यात्रुहरुलाई बाहिर निकालेका छन् । विमानस्थलमा खटिएका प्रहरीका…