गजलको सङ्गीत र स्वरमा जब श्रोताहरू झुमे

काठमाण्डु - नेपालमै पहिलो पटक गजल, सङ्गीत र ललितकला उत्सव सम्पन्न भएको छ । गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा शनिबार उक्त उत्सव भएको हो । उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका…