काठमाण्डु उपत्यकामा एकैदिन १७ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

काठमाण्डु - ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको छ । बिहीबार काठमाण्डु उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको…