फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डु - कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू…