काठमाण्डु- गैर-आवासीय नेपाली महासंघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टले संगठन कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् । काठमाण्डुमा जारी १०औँ महाधिवेसनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ । ‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग…