स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

काठमाण्डु- स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको निर्वाचन आयोगले बताएको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने बताएका हुन् । उनका अनुसार…