पालिकाकै कारण विद्यालय शिक्षकविहीन भएको आरोप, अध्यक्ष भन्छन्– अनावश्यक राजनीति गरियो

हरिप्रसाद भुसाल अर्घाखाँची – एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका–१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेको र तत्काल शिक्षकको व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका…