काठमाण्डु – नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । बिहीबार राती महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीबाट लामासहित १८ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार लामासहितका १८ जना जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।…