तिहार मनाउन घर जानेका लागि काठमाण्डुका चार स्थानमा निःशुल्क खोप लगाउन सुरु

काठमाण्डु – सरकारले चाडपर्वलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यकाबाट बाहिर जानेहरुका लागि कोरोना भाइरसविरुद्धको निशुल्क खोपको व्यवस्था गरेको छ । तिहार मनाउन घर जाने यात्रुहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुका विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन…