झापा - नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो। पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो। सर्वसाधारण घर बाहिर निस्किएका थिएनन्। सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए। प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन्। भारततिरका स्थानीय तथा पर्यटक त्यही आँखीझ्यालबाट भुटान चिहाउने गर्छन्।…