स्थानीय तह निर्वाचन : भोलि बुढीगंगामा मतदान हुने

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः चुनाव हुने भएको छ । ३० वैशाखको चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । पुनः मतदानका लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए । मतपत्र, मतपेटिका, मतदान सामग्रीलगायतका सम्पूर्ण तयारी सकिसकेको कठायत बताउँछन् । ३०…