वर्षाले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत - चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ । कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-८ पिलीमा पहिरो जाँदा कालीकोट-जुम्ला सडकखण्ड चार दिनदेखि अवरुद्ध थियो । सडकमाथिबाट ठूलो ढुंगा खसेको र त्यो ढुंगा डोजर पन्छाउन नसकेपछि ड्रिल मेसिनद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विष्फोट गरेर…