काठमाण्डु – सचिव बढुवा सिफारिस समितिले सामान्य प्रशासन सेवातर्फ रिक्त सचिव पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।…