बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने सरोकार समितिको घोषणा

काठमाण्डु - बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न नदिने भएको छ । बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको हो । सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उपत्यकाको फोहोरमैला सिसडोल बञ्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने…