एजेन्सी – ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए । आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि अहिले विजय मनाइरहेको उनले बताएका छन् । ‘भाग्यवश मैले पनि तपाइहरुसँगै ठूलो विजय मनाएको छु’ पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक,…