काठमाण्डुमा ४० दल दर्ता हुँदा मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा

काठमाण्डु -  स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् । आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाण्डुमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५-५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।…