सरकारलाई सर्वोच्चको डण्डाः कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आदेश

काठमाण्डु – सर्वोच्च अदालतले सरकारको कोरोना भाइरसको निःशुल्क परीक्षण गर्न दिएको आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज गरिदिएको छ । बिहीबार न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधीवक्ताको कार्यालयमार्फत पुनरावलोकनका लागि निवेदन दिएका थिए…