काठमाण्डु – आन्तरिक उडानतर्फ हवाई भाडा बृद्धि भएको छ । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै हवाई भाडामा वृद्धि भएको जानकारी दिएको हो । संघले हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको जनाएको छ । नयाँ भाडादरका अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको सूचनामा उल्लेख…