हराएर फेला पारेका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाण्डु - महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । शुक्रबार  हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा…