चितवन - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि…