खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्त

काठमाण्डु - पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्ति भएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रमको अवसरमा उनले आजीवन सदस्यता लिएका हुन् । सुदुरपश्चिम जिल्ला अछामबाट २०६१ सालदेखि धनगढी पोष्ट राष्ट्रिय दैनिकबाट खनालले पत्रकारकारिता सुरुवात गरेका हुन् ।