काठमाण्डु – सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ९ जना सचिवलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको हो । नयाँ मन्त्रीको सपथग्रहण भएकै दिन सरकारले सचिवहरको सरुवा गरेको स्रोतले जानकारी दियो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव कोइरालालाई संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।…