काठमाण्डु - नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णयको विरोध जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको भन्दै उक्त कदमको विरोध जनाएको हो । कोरोना महामारीसँग लडेर जनताको जीवन…