३५ सङ्क्रमित महिलाले दिए सन्तानलाई जन्म

सञ्चिता घिमिरे/काठमाण्डु - थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् । दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको…