कस्ताे छ आजकाे माैसम ?

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । बाँकी भूभागमा…