खुमलटारमा माओवादी केन्द्रको बैठक जारी

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो । सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन् । महानगरको भागबण्डा मिलाउनको लागि सोमबार पनि गठबन्धन दलका नेताहरु छलफलमा जुटेका थिए ।…