६५ घरमा ‘एक घर एक धारा’

बाग्लुङ - खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु-याएको छ…