राष्ट्रपति पौडेल जापानमा, नेपाल-जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डु - नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत…