मोटरसाइकल चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाण्डु – काठमाण्डु महानगरपालिका–१६ बाईपासबाट सोमबार चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा नुवाकोटको ककनी गाउँपालिका–१ घर भई हाल काठमाण्डुको लोलाङ बस्ने २० वर्षीय निखिल बलामी रहेका छन् । बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३९ प ९४५४ नम्बर राखी चलाइरहेको अवस्थामा बाईपास सडकखण्डमा…