लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने व्यवहारले लज्जित तुल्यायो

काठमाण्डु – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । प्रदेश मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले विज्ञप्ति जारी गरी घटनाको विपक्षमा उभिन सवै पक्षलाइृ आह्वान गरेका छन् । अराजक झुण्डका व्यक्तिहरुले अस्पतालजस्तो पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको पौडेलद्रारा जारी विजप्तिमा उल्लेख छ ।…