चीनबाट आएको जहाज ओभरसुट, आकाशमा एक घण्टा फन्को लगायो

काठमाण्डु – चीनको छेन्दुबाट काठमाण्डु आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ । आज बिहान ६ः२९ का लागि अवतरण…