ललितपुर – मिलाप फाउण्डेसनले ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी–१० चापागाउँमा रहेको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व्यवस्थापन संघ काठमाण्डुले सहकार्य…