काठमाण्डु – पाटनबाट ३७ वर्षअघि हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को प्राचीन मूर्ति नेपालले पाएको छ । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले सो हराएको मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने…