काठमाण्डु - सिन्धुपाल्चोकमा यस बर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरूद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका…