प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाण्डुस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले आज अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए । यसैबीच,…