कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले छायाँ मन्त्रिपरिषद् गठन नगरेको बताएको छ । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई छायाँ सरकार वा  छायाँ मन्त्रिपरिषद् भन्न नमिल्ने उनको भनाइ छ । आङ्देम्बेका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो ।…