माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन युवतीको मृत्यु

कैलाली – कैलालीको जानकी गाउँ पालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । शनिबार विहान घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिँदा अन्य दुई जना भने घाइते भएको प्रहरीले…