काठमाण्डु – मोरङमा शिक्षक हत्या आरोपमा एक जना विप्लव माओवादीका नेतालाई पक्राउ परेका छन् । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले उद्योगी व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको…