वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन

हेटौंडा – वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले)को सेल्टरदाताका रूपमा चर्चित थिइन् । लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको…