आजदेखि देशभर हटाइयो रुट परमिट

काठमाण्डु – सार्वजनिक सवारी साधनहरुलाई आजदेखि रुट परमिट आवश्यक नपर्ने भएको छ । दशैँमा हुने यात्रुहरुको चापलाई मध्यनजर राख्दै आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डुसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।…