सर्लाही – सर्लाहीमा ५२ किलो गाँजासहित १ जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगाबहादुर वाइवालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार वाइवा बा१२च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका–११ हिरापुरमा…