भियतनामका उपराष्ट्रपति भोसँग परराष्ट्रमन्त्री डा. राणाको भेटवार्ता

काठमाण्डु – नेपाल भ्रमणमा रहेका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको ३ दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डु पुगेकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गरेकी हुन् । भेटमा नेपाल–भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र…