काठमाडौं – स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ । केही मिनेटको फरकमा मन्त्रालयले निकालेको अन्तिम विज्ञप्तिमा थप पाँच जना कोरोना संक्रमित थपिएको बताएको थियो । तर, गल्ती सच्याउँदै मन्त्रालयले हालसम्म २४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार अध्यावधिक विवरण अनुसार कोभिड–१९ का…