काठमाडौं – सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । अन्त्यावश्यक बाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि…