काठमाण्डु – कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी मानिएको रेम्डेसिभिरको उत्पादन नेपालमै सुरु भएको छ । अब संक्रमितको उपचारमा आवश्यक पर्ने रेम्डेसिभिर विदेशबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ । उक्त औषधि उत्पादनका लागि नेशनल हेल्थकेयर प्रा.लि.ले वैशाख ३१ गते नै अनुमती पाएको थियो । नेशनल हेल्थकेयरले असार १३ गतेबाट मार्केटिङ लाइसेन्ससमेत पाएको छ । नेपालमा रेम्डेसिभिरको नाम…